पोखरा विमान दुर्घटनामा पहिचान भएकाको शव आफन्तलाई बुझाइँदै


पोखरा, पोखरामा आइतबार बिहान भएको यती एयरलायन्सको विमान दुर्घटनामा मृत्यु भएर पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइँदैछ ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकोप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६८ जनाको शव फेला परेको छ ।

सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।


प्रकाशित मिति : २०७९ माघ २, सोमबार ०८:४६

धेरै पढिएको

ताजा समाचार