एमाले अध्यक्ष भेटन प्रधानमन्त्री दाहाल पुगे बालकोटमा, मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुखका विषयमा छलफल


काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।

बालकोटस्थित ओली निवासमा आज बिहान १०ः२० बजे पुगेका प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ ।

पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् विस्तारको गृहकार्यमा छन् । आइतबार साँझ पनि उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

आजको भेटमा ओली–दाहालबीच मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ ।

आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।

रासस

 

 

 


प्रकाशित मिति : २०७९ माघ २, सोमबार ११:५७

धेरै पढिएको

ताजा समाचार