सार्वजनिक यातायात सुरक्षित बनाउन भोलिबाटै काम थाल्ने गृहमन्त्री लामिछाने घोषणा


गृहमन्त्री रवि लामिछानेले सार्वजनिक यातायातलाई सुरक्षित बनाउन भोलिबाटै काम थाल्ने भएका छन् । आइतबार राति फेसबुकमार्फत् लामिछानेले आफूहरूले सार्वजनिक यातायात सुरक्षाबारे छलफल गरिरहेको भएपनि अब भोलिबाटै प्रभावकारी काम थाल्ने जानकारी दिएका छन साथै उनले आइतबार बिहान पोखरा विमान दुर्घटनाको घडीमा सोमबार शोक बिदा दिने निर्णयप्रति आएका धारणको सम्मान गर्ने पनि बताएका छन् । आगामी दिन नागरिकस्तरबाट आउने सुझावलाई मनन गरिने उनको भनाइ छ ।

ूसार्वजनिक यातायात सुरक्षाबारे छलफल गरिरहेकै थियौँ । तर अब भोलिबाटै प्रभावकारी काम सुरु हुनेछ । घटना सेलाए पनि काम सेलाउन दिन्नौँ । उपप्रधान तथा गृहमन्त्रीका हैसियतले, शोक बिदाको निर्णयप्रति आएका धारणाहरूप्रति सम्मान प्रकट गर्दै आगामी दिनमा यस्ता सुझावहरूलाई मनन गरिने जानकारी गराउँदछु, उनले भने ।

 


प्रकाशित मिति : २०७९ माघ २, सोमबार १२:५९

धेरै पढिएको

ताजा समाचार