राप्रपाका प्रधानलाई कानून, पाण्डेलाई सहरी विकास


काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो भागमा परेका तीन मन्त्रीको नाम फाइनल गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा जान लागेको हो ।

स्रोतका अनुसार राप्रपाबाट उपप्रधानमन्त्री र ऊर्जा मन्त्री लिङ्देनले सम्हाल्नेछन् ।

यस्तै, सहरी विकास मन्त्रालयमा विक्रम पाण्डे र कानून मन्त्रालयमा ध्रुवबहादुर प्रधानको नाम फाइनल भएको हो । राप्रपाबाट मन्त्री बन्ने तीनै जना प्रत्यक्ष निर्वाचित हुन् ।


प्रकाशित मिति : २०७९ माघ ३, मंगलवार ११:१२

धेरै पढिएको

ताजा समाचार