अग्नि परीक्षामा होमिने निर्णय गरेँ : अध्यक्ष लिङदेन


काठमाडौं, उपप्रधान तथा उर्जा मन्त्रीको शपथ लिने तयारीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताएका छन् ।

‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ’, उनले ट्वीटरमा लेखेका छन्, ‘जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो ।

प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु १ धैर्यता र सहयोगका लागि अपिल गर्दछु !’

राप्रपा ३ मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुँदै छ ।


प्रकाशित मिति : २०७९ माघ ३, मंगलवार ११:५०

धेरै पढिएको

ताजा समाचार