काठमाडौं, जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग निर्णायक छलफल गर्ने भएको छ ।
जसपा प्रवक्ता मनिष सुमनकाअनुसार प्रधानमन्त्रीसँग १ बजेअगावै निर्णायक छलफल हुनेछ । ‘हामी सरकारमा सहभागी हुने कि नहुनेबारे छलफल गर्दैछौँ । त्यसलाई हामीले निर्णायक छलफल भनेका छौँ,’ उनले भने ।
प्रधानमन्त्री दाहाल जसपलाई पनि सँगै लिएर जान चाहन्छन् । तर, जसपाले भने मन्त्रालयीय भागबन्डालाई लिएर असहमति जनाएको छ ।
प्रधानमन्त्रीसँगको छलफलपछि तपाईंहरू पनि सरकारमा सहभागी हुने हो ? भन्ने जिज्ञासामा प्रवक्ता सुमन भन्छन्, ‘सरकारलाई हाम्रो समर्थन त छँदैछ ।
सरकारमै सहभागी हुन पनि सक्छौँ । सम्भावना छ ।’