काठमाडौं, मङ्गलबार मन्त्रीमण्डल विस्तार भएको छ । नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् ।
आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन् । उनले उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा माओवादी नेत्री रेखा शर्मा नियुक्त भएकी छन् ।
यसैगरी, माओवादी केन्द्रका अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन भने सुदन किराँती पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री बनिन् ।
यसैगरी, एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भए । पौडेलले परराष्ट्र र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएकमा छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र कानूनमन्त्रीमा ध्रुवबहादुर प्रधानले जिम्मेवारी पाए भने दीपक सिंह उर्जा राज्यमन्त्री बने ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी, रास्वपाकी तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनिन् ।