पशुपतिको दर्शनमा पुगे राप्रपाका मन्त्रीहरु


काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनियुक्त मन्त्रीहरु शपगलगत्तै पशुपतिको मन्दिरमा दर्शनका लागि प्रस्थान गरेका छन् ।

शीतल निवासबाट उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरु पशुपतिको दर्शनका लागि हिँडेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पशुपतिको दर्शनपछि मन्त्रीहरु सिंहदरबारमा पदभार ग्रहणका लागि पुग्ने उनको भनाइ छ ।

राप्रपाबाट लिङ्देनसहित ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे मन्त्री बनेका छन् भने दीपक सिंह राज्यमन्त्री बनेका छन् ।


प्रकाशित मिति : २०७९ माघ ३, मंगलवार १३:५७

धेरै पढिएको

ताजा समाचार