बागमतीका मुख्यमन्त्री जमकट्टेललाई कांग्रेसले विश्वासको मत दिने


हेटौंडा, नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । हेटौंडामा मंगलबार बसेको कांग्रेसको बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिन कांग्रेसको बागमती प्रदेश संसदीय दललाई निर्देशन पनि दिएको छ । बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बृहत् शान्ति सम्झौता, गणतन्त्र, संविधान रक्षाको लागि मुख्यमन्त्रीलाई विश्वासको मत दिँदै गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको बताए । ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद रहेका छन् ।


प्रकाशित मिति : २०७९ माघ ३, मंगलवार १४:१०

धेरै पढिएको

ताजा समाचार