काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकका लागि नेताहरु बालुवाटार पुग्ने क्रम सुरु भएको छ ।
बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक बालुवाटार पुगेका छन् ।
त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पनि बालुवाटार पुगेका छन् ।
नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा, र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरु बालुवाटार पुगेको छन् ।
प्रधानमन्त्री दाहालले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा खासगरी सरकारमा सहभागी दलहरूलाई बोलाइएको छ ।