काठमाडौ, यती एयरलाइन्सको एटीआर ७२ जहाजको आइतबार भएको दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट टोली नेपाल आएको छ।
एटीआर ७२ को उत्पादक कम्पनीका अधिकारीहरु नेपाल आइपुगेका हुन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार फ्रान्सेली टोली आजै पोखरातर्फ प्रस्थान गरेका छन्। टोलीले दुर्घटनाको अवस्थाबाट जानकारी लिनेछ।
दुर्घटनाको जानकारी ‘ब्यालक बक्स’को आधारमा हुन्छ। नेपालमा ब्ल्याक बक्स रिडिङ गर्ने मेसिन भने छैन। त्यसको अध्ययनको लागि फ्रान्स नै लैजानुपर्ने मन्त्रालयका ती अधिकारीले बताए।
यसअघि आइतबार नै ट्विट गर्दै दुर्घटनाबारे जानकारी पाएको भन्दै अनुसन्धानमा सघाउने बताएको थियो।
आइतबारको दुर्घटनामा ७२ यात्रु रहेका थिए। कम्तीमा ७० जनाको मृत्यु पुष्टि भइसकेको छ भने पोस्टमार्टमपछि शव आफन्तलाई बुझाउन थालिएको छ।