सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता, भोलि मतदान


काठमाडौ, प्रतिनिधिसभाको सभामुख चुनावका लागि आजका उम्मेदवारी दर्ताको गरिँदैछ ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

सभामुख चुनावका उम्मेदवारी दर्ता गर्ने समय आउन केही घण्टा मात्र बाँकी रहे पनि दलहरू उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् ।

सत्ता साझेदार दलहरूमा सभामुखको पद नेकपा एमालेलाई दिने सहमति भएको छ । तर, एमालेले पनि अहिलेसम्म उम्मेदवार छान्न सकेको छैन ।

एमालेमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य देवराज घिमिरे र सांसद विद्या भट्टराई सभामुखका आकांक्षीका रूपमा देखिएका छन् ।

संसद्को सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले भने सभामुखको निर्वाचनमा उम्मेदवारी दिन कि नदिने भन्ने विषयमा नै निर्णय लिइसकेको छैन ।

यही विषयमा निर्णय लिन कांग्रेसले आज बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको छ ।


प्रकाशित मिति : २०७९ माघ ४, बुधबार ०७:५४

धेरै पढिएको

ताजा समाचार