कांँग्रेस पदाधिकारी बैठक बस्दै, सभामुखको उम्मेदवारबारे निर्णय गर्ने


काठमाडौ, नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान ९ बजे बस्दैछ ।

आजको बैठकमा सभामुखमा उम्मेदवारी दिने कि नदिने विषयमा निर्णय लिने बताइएको छ । प्रतिनिधि सभाको सभामुखको निर्वाचन भोलि हुँदैछ । ​

कांग्रेस र एकीकृत समाजवादीबीच सहमति गरेर सभामुखको एउटै उम्मेदवार बनाउने गरी संवाद अघि बढेको बताइएको छ ।

कांग्रेसले पहिला आन्तरिक छलफल गर्ने र त्यसपछि अन्य विपक्षी दलहरूसँग पनि परामर्श गर्ने नेता रमेश लेखकले जानकारी दिए ।

संसद् सचिवालयले बुधबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ । सभामुख चयनसम्बन्धी प्रस्तावमा बिहीबारको प्रतिनिधिसभा बैठकमा मत विभाजन हुनेछ ।

 


प्रकाशित मिति : २०७९ माघ ४, बुधबार ०७:५९

धेरै पढिएको

ताजा समाचार