भोलिदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना


काठमाडौ, पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज मौसम बदली भएको छ ।

आज गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको हो ।

तराईका केही भू–भागमा हुस्सुरकुहिरो लागेको छ । महाशाखाका अनुसार आज कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही ठाउँमा दिउँसो र राति हिमपातको सम्भावना छ ।

भोलि (बिहीबार)बाट सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भू(भागमा बदली भई हिमपातका साथै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रकाशित मिति : २०७९ माघ ४, बुधबार ०९:३२

धेरै पढिएको

ताजा समाचार