उपराष्ट्रपति पुन वर्षमानको स्वास्थ्यबारे जानकारी लिन पुगे सुमेरु अस्पतालमा


काठमाडौ, उपराष्ट्रपति नन्दबहादुर पुनले अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् ।

सो क्रममा चिकित्सकहरुले नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको जानकारी दिएका थिए ।


प्रकाशित मिति : २०७९ माघ ४, बुधबार ०९:४१

धेरै पढिएको

ताजा समाचार