सभामुख निर्वाचनमा न्यौपानेलाई मतदान गर्न कांग्रेसले जारी गर्यो ह्विप


काठमाडौ, नेपाली कांग्रेसले सभामुख निर्वाचनमा आफ्नो पार्टीकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ।

कांग्रेसका मुख्यसचेतक रमेश लेखकले बुधबार अपराह्न ह्विप जारी गर्दै सभामुखमा न्यौपानेलाई मत दिन आग्रह गरेका हुन् ।

उनले जारी गरेको ह्विपमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मत नदिन आग्रह गरिएको छ ।

‘प्रतिनिधिसभामा नेपाली कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले व्हीप जारी गर्नु भएको छ,’ संसदीय दलका अधिकृत विजयेन्द्रवीर आलेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख चयनका लागि मतदान हुँदै छ।


प्रकाशित मिति : २०७९ माघ ४, बुधबार १९:०४

धेरै पढिएको

ताजा समाचार