काठमाडौ, मुलपानीमा रहेको झापा फ्रेस हाउसले मरेको बंगुरको मासु बेच्ने गरेको पाइएको छ ।
मुलपानी खोला नजिक करिडोरमा खा्रल्डोमा गाडेको ठाँउबाट निकालेर फ्रेस हाउसले बजारमा बिक्री गरेको हो ।
क्राइम टिभीको टिमले लामो समयदेखिको निगारानीबाट रंगेहात फेला पारेको हो । भिडियोमा पनि खाल्डोबाट निकालेर बनाउँदै गरेको देख्न सकिन्छ ।
टिभीको टिम मासु राखेको स्थानमा पुग्दा सबैले गन्ध सहन नसकेर बान्ता गरेका थिए । मासु बनाएर बेच्ने बिस्णु लामाले गल्ती भएको स्वीकारे पनि दुर्गन्धित मासु खाएर कति बिरामी भए र त्यसको जिम्मा कसले लिने भन्ने प्रश्न गम्भीर छ ।
यो फ्रेस हाउस होलसेल भएकोले यहाँबाट कति ठाँउमा बिक्री भएर उमपभोक्ताको भान्सामा पुग्यो यसको लेखाजोखा कसैसित छैन् ।
यो फ्रेस हाउसमा रोगले मरेको बंगुरको मासु बिक्री हुन्छ भन्ने जानकारीका आाधारमा टिभीको टिम पछयाउदै आएको थियो ।
बजा्मा केजीको चार सय भएपनि यहाँबाट किलोको सय रुपैयाँमा बिक्री बितरण हुने गरेको ब्यापारी लामा बताउँछन् । अस्वस्थकर मासु बेच्ने २ जनालाई मासु बोक्न प्रयोग भएको मोट्साइकल सहित प्रहरीको जिम्मा लगाएको छ ।