सभामुखको निर्वाचन आज हुँदै, एमालेका देवराज र कांँग्रेसकी ईश्वरी प्रतिस्पर्धामा


काठमाडौ, प्रतिनिधिसभाका सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ ।

घिमिरे झापा(२ बाट निर्वाचित प्रतिनिधिसभा सदसस्य हुन् । दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

सभामुख निर्वाचित हुनका लागि बहुमत आवश्यक पर्दछ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ ।


प्रकाशित मिति : २०७९ माघ ५, बिहीबार ०८:२४

धेरै पढिएको

ताजा समाचार