उपसभामुखको निर्वाचन तालिका सार्वजनिक, शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान


काठमाडौं, प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त जानकारी गराए ।

उपसभामुखको निर्वाचनका लागि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

सचिवालयले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यसूचीमा शुक्रबार १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने उल्लेख छ ।

उक्त समयमा प्रतिनिधिसभाका सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ को उपनियम २ बमोजिम प्रस्तावको सूचना दर्ता सचिवालयले जनाएको छ ।

त्यस्तै, सोही दिन अपराह्न ४ बजेर १५ मिनेटमा उम्मेदवारको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ ।

उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रारम्भ हुने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।


प्रकाशित मिति : २०७९ माघ ५, बिहीबार १६:४२

धेरै पढिएको

ताजा समाचार