लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत


दाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मत दिएका हुन् । प्रस्तावको विपक्षमा २८ मत परेको हो ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा प्रदेशसभामा ८६ सांसद उपस्थित थिए ।

विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा कांग्रेसका सांसदले मात्र मत दिएका हुन् ।


प्रकाशित मिति : २०७९ माघ ५, बिहीबार १६:४८

धेरै पढिएको

ताजा समाचार