रास्वपाकी सोविता गौतमलाई उपसभामुख बनाउने तयारी


काठमाडौ, सत्ता साझेदार दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरेका छन् ।

सभामुखमा एमालेका देवराज घिमिरे बुधबार चयन भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।

गौतम कानूनको विषयमा जानकार भएकाले रास्वपामा उनैलाई उपसभामुख बनाउनुपर्ने मत बलियो छ ।

गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

शुक्रबार रास्वपाले आधिकारिक निर्णय गरेर उपसभामुखको उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको छ ।


प्रकाशित मिति : २०७९ माघ ५, बिहीबार १९:५४

धेरै पढिएको

ताजा समाचार