हुम्लामा हिमपात, बाली सप्रिनेमा किसान आशावादी


हुम्ला, हुम्लामा गएरातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने गरे पनि यसपालि भने ढिला हिमपात सुरु भएको हो ।

सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् । गएरातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको जनजीवन कष्टकर बनेको छ ।

लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ । बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् ।

हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिनेमा किसान आशावादी छन् ।


प्रकाशित मिति : २०७९ माघ ६, शुक्रबार ०९:२५

धेरै पढिएको

ताजा समाचार