भिजिबिलिटी कम हुँदा नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्रीको जहाज चन्द्रगढीमा अवतरण


भद्रपुर, बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्रीएयरलाइन्सको विमान झापाको चन्द्रगढी एअरपोर्टमा अवतरण गरिएको छ । आज बिहान करिब साढे ७ बजे उडेको उक्त एयरलाइन्सको क्यू–४०० विमान काठमाडौंको भिजिबिलिटी कम भएका कारण चन्द्रगढी एअरपोर्टमा अवतरण भएको हो । चन्द्रगढी विमानस्थल एयर ट्राफिक कन्ट्रोलका अनुसार विमान काठमाडौंका लागि उडिसकेको छ । उक्त विमान ८२ सिटको भएको बताइएको छ ।


प्रकाशित मिति : २०७९ माघ ६, शुक्रबार ११:४५

धेरै पढिएको

ताजा समाचार