मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमान कोलकातामा अवतरण


काठमाडौ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको जहाज पश्चिम बंगालको कोलकातामा अवतरण भएको छ । नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण भएको हो । आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ । विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार कलकत्ता डाइभर्ट भएको जहाज अवतरण हुन भिजिविलिटी २२ सय मिटर हुनुपर्छ ।


प्रकाशित मिति : २०७९ माघ ६, शुक्रबार ११:४९

धेरै पढिएको

ताजा समाचार