सभामुखमा निर्वाचितपछि घिमिरेले दिए एमालेबाट राजीनामा


काठमाडौ, नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।

सभामुखमा निर्वाचित भएपछि उनले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

सभामुखको भूमिका स्वतन्त्र, निष्पक्षरूपमा निर्वाह गर्नको लागि पार्टीबाट राजीनामा दिएको घिमिरेले उल्लेख गरेका छन् ।

उनले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएर पदभार ग्रहण गर्नेछन् ।

घिमिरे बिहीबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई हराउँदै सभामुखमा निर्वाचित भएका थिए ।


प्रकाशित मिति : २०७९ माघ ६, शुक्रबार ११:५५

धेरै पढिएको

ताजा समाचार