सुर्खेत, शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्री शर्माको पक्षमा नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक\एक र स्वतन्त्र एक सांसद गरी २५ जनाले मतदान गरे।
उनको विपक्षमा १४ मत आएको छ। ४० जना प्रदेशसभा सदस्यीय रहेको कर्णाली प्रदेशमा ३९ जना सांसदले मत विभाजनमा भाग लिएका थिए। सभामुख एमालेकी नन्दा गुरूङले मतदानमा भाग लिइनन्।
संविधान बमोजिम नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रावधान अनुसार शर्माले शुक्रबार १० औं दिनमा विश्वासको मत लिएका हुन्।
प्रकाशित मिति : २०७९ माघ ६, शुक्रबार १६:५९