माओवादीले बोलायो ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक


काठमाडौ, नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक परिस्थिति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलाइएको हो ।

महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ । दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ ।

जसका लागि शनिबार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मञ्जुर भएका छन् ।


प्रकाशित मिति : २०७९ माघ ८, आईतवार १६:३९

धेरै पढिएको

ताजा समाचार