काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल र नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको थियो । सभामुखमा निर्वाचित भएपछि घिमिरेले पहिलोपटक प्रधानमन्त्रीलाई भेटेका हुन् ।
नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका थिए ।
उनलाई नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए ।
प्रकाशित मिति : २०७९ माघ ९, सोमबार ०९:३७