काठमाडौ, सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपात भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण त्यस क्षेत्रमा गएरातिदेखि वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान शाखाका मौसमविद् प्रतिभा मानन्धरले बनाइन्।
उनका अनुसार यी प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान छ । वर्षा र हिमपात गराउने प्रणाली विस्तारै पूर्व सरिरहेको छ ।
लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पनि हल्का वर्षाको अनुमान छ भने गण्डकी प्रदेशको मौसम बदली हुनेछ ।
आज बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्को अनुमान छ ।
प्रकाशित मिति : २०७९ माघ १०, मंगलवार ०८:५६