काठमाडौ., प्रधानमन्त्री पुष्पकमल दाहाललाइ भेटन नेकपा एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो । मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई नेताबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।
यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि दुई नेताबीच भेटवार्ता भएको बताइएको छ ।
प्रकाशित मिति : २०७९ माघ १०, मंगलवार १२:३०