‘देश गरी खानेलाई होइन लुटी खानेलाई मात्र सहज रहेछ’ भन्दै आफैँलाई जलाए प्रेमले


काठमाडौं, इलामका प्रेम आचार्यले निकै लामो फेसबुक स्ट्याटस लेख्दै शरीरमा आगो लगाएका छन्।

आफूले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले संसद् भवन अगाडि गएर शरीरमा आगो झोसेका थिए ।

आत्मदाहको उनको प्रयास आफ्नो असफलताको कथाका रूपमा चित्रण गरेका छन्।

उनले लेखेका छन्, ‘‘मेरी नानुका, तिमिले सहयोग पाउने छौँ विचलित नहुनु। मलाइ माफ गरिदेऊ। मैले प्रगति गर्ने धेरै अस्त्र लाउँदा पनि सकिन। छोरीहरूको अभिभारा तिम्रो काँधमा छ।

बुझ्ने भएपछि उनीहरूलाई सम्झाउनु, तिमिहरूको पापुले यो देशमा सफलता हासिल गर्न सक्नुभएन। जताततै हन्डर र ठक्कर खानुभयो। जताततै लुटिनुभयो। यो देश गरी खानेलाई होइन लुटी खानेलाई मात्र सहज रहेछ।

तिमिहरूले पनि त्यै अवस्था भोग्नुनपरोस भनेर क्रान्ति मा होमिनुभयो, आफ्नो भोगाइ र पीडा सरकारले सुन्ने गरी आफ्नो ज्यान आहुती दिनुभयो। यही भन्देऊ।’’

उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा अहिले उनको शरीरको अगाडि पट्टिको जलेको भागमा पानीलगाएर सफाइ भइरहेको अस्पतालले जनाएको छ।

गम्भीर अवस्थाका आचार्यको उपचार जारी रहेको अस्पतालले जनाएको छ।

म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरत

थप हेर्नुहोस्

Prem P. Acharya Santosh को फोटो।
Prem P. Acharya Santosh को फोटो।
Prem P. Acharya Santosh को फोटो।
Prem P. Acharya Santosh को फोटो।
Prem P. Acharya Santosh को फोटो।
‌+१०


प्रकाशित मिति : २०७९ माघ १०, मंगलवार १८:४१

धेरै पढिएको

ताजा समाचार