सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन


भैरहवा, नेपाली भूमि संरक्षणमा सङ्घर्षरत ‘सुस्ता बचाउ’ अभियानका संयोजक गोपाल गुरुङको उपचारका क्रममा हिजो निधन भएको छ ।

भारतीय अतिक्रमणको चपेटामा परेको पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका ६२ वर्षीय गुरुङ मस्तिष्काघात भइ झण्डै एक महिनादेखि उपचाररत थिए ।

उनको उपचारको क्रममा रुपन्देहीको भैरहवा मेडिकल कलेजमा निधन भएको परिवारले जानकारी दिएका छन् ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर अतिक्रमणविरुद्ध अभियानमा आवद्ध थिए ।


प्रकाशित मिति : २०७९ माघ ११, बुधबार ०८:५३

धेरै पढिएको

ताजा समाचार