कांग्रेसले सरकार ढाल्ने प्रयास गरिरहेको छ : अध्यक्ष ओली


काठमाडौं, सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार ढाल्ने प्रयास भईरहेको बताएका छन् ।

अध्यक्ष ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गईरहेको बताएका हुन् ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले सरकार ढाल्ने र टिकाउने खेल भन्दामाथि उठेर देशको हितका लागि ‘डेमोक्रेटिक इक्सरसाईज’ गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।

अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरुले कोसिस गरिरहेको दावी समेत गरे । उनले नेपालको राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्व बुझ्न चाहेको पनि पटकपटक दोहोर्याए ।

अध्यक्ष ओलीले भने, ‘अव सरकारको पनि ध्यान कता जाओस् कता नजाओस् । सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ । सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ ।

देशतिर कसले ध्यान दिने रु यो खालको अवस्थाबाट चाँही हामीहरु अलिमाथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक इक्सरसाईज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पु¥याउन सकिन्छ ।

त्यस काममा यहाँहरुको भन्दा जिम्मेवारी बढि हाम्रो छ । त्यसकारण हामी त्यसलाई सच्याउने कोसिसमा छौं । हामी त्यसलाई ठिक बाटोमा लैजाने कासिसमा छौं ।

र, आयुर्वेदको महत्वको हामीले बुझ्न चाहेका छौं । राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्व बुझ्न चाहेको छ । यति कुरा म साथीलाई भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले योगसहितको आयुर्वेदलाई स्वास्थ्य अभियानकै रुपमा अघि बढाउने सके मुलुकको स्वास्थ्य क्षेत्रमा ठूलो प्रगति हुने पनि स्मरण गराए ।

त्यसका लागि सरकारलाई आवश्यक ध्यान दिन आफूले पनि सुझाव दिने उनको आश्वासन थियो ।


प्रकाशित मिति : २०७९ माघ ११, बुधबार १३:५३

धेरै पढिएको

ताजा समाचार