गृहमन्त्री लामिछानेले भेटे प्रेम आचार्यको परिवार


काठमाडौं,उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको परिवारसँग भेट गरेका छन् ।

बुधबार दिउँसो अस्पताल पुगेर गृहमन्त्री लामिछानेले आचार्यका परिवारलाई भेटेर कुराकानी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा आत्मवृत्तान्तसहितको सुसाइट नोट लेखेर इलाम पञ्चकन्या–६ का आचार्यले मङ्गलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे्का थिए ।

त्यसलगत्तै प्रहरीले उहाँलाई कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो । आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उनका मृत्यु भएको हो ।

 


प्रकाशित मिति : २०७९ माघ ११, बुधबार १५:५२

धेरै पढिएको

ताजा समाचार