पुनः नागरिकता प्राप्तिका लागि जिल्ला प्रशासन पुगे रवि लामिछाने


काठमाडौ, निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पुनः नागरिकता प्राप्तिका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । उनी केही बेरअघि प्रशासन कार्यालयमा पुगेका हुन् ।

शुक्रबार सर्वोच्च अदालतले फैसला सुनाएपछि रवि नागरिकताविहीन छन् । अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पूरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

अहिले जिल्ला प्रशासन कार्यालय परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति छ ।


प्रकाशित मिति : २०७९ माघ १५, आईतवार ११:५५

धेरै पढिएको

ताजा समाचार