पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली


काठमाडौ, पश्चिमी वायुको सामान्य प्रभावले हाल (मंगलबार बिहान) देशभर मौसम आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) छ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (दिनमा) देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

यस क्रममा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

‘तर, यो भनेको वर्षाको सम्भावना एकदमै कम हो’, महाशाखाकी मौसमविद् प्रतीभा मानन्धरले भनिन्।

यस्तै आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाको बुलेटिनअनुसार आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।

यस क्रममा देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ, सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको र देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सुरकुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

तापक्रम

देशभर क्रमिक रूपमा तापक्रम बढिरहेको छ। यस क्रममा आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

तर, यो अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला मौसम महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।

हिजो सोमबारको मापनअनुसार भने देशका विभिन्न स्थानको तापक्रम विवरण यस्तो !


प्रकाशित मिति : २०७९ माघ १७, मंगलवार ०८:०६

धेरै पढिएको

ताजा समाचार