नेकपा एसको सचिवालय बैठक शुरु, घनश्याम भुसाल पनि सहभागी


काठमाडौं, नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो । बदलिएको राजनीतिक परिवेश, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन, राष्ट्रपतिको निर्वाचन, पार्टी एकताबारे भएका प्रयासहरूबारे छलफल भइरहेको जनाइएको छ । बैठकमा नेकपा एमाले छाडेर प्रवेश गरेका घनश्याम भुसाल पनि सहभागी छन् । महासचिव बनाउने सर्तसहित एसमा आएका भुसाल अहिले सचिवालय सदस्य छन् । उनी पहिलोपटक सचिवालय बैठकमा सहभागी भएका हुन् ।


प्रकाशित मिति : २०७९ माघ १९, बिहीबार १२:४३

धेरै पढिएको

ताजा समाचार