आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ


काठमाडौ, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जाने भएका छन् ।

सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित आयोग जान लागेका हुन् ।

उनी आज बिहान साढे ११ बजे आयोग जाने र दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सर्वोच्च अदालतले लामिछाने सांसद नरहने निर्णय गरेपछि चितवन–२ मा प्रतिनिधिसभाको एक सिट खाली रहेको छ ।

तात्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएका श्रेष्ठ झण्डै ३५ हजार मतान्तर लामिछानेसँग पराजित भएका थिए ।


प्रकाशित मिति : २०७९ माघ २२, आईतवार ०९:५१

धेरै पढिएको

ताजा समाचार