काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री दाहाललाई मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
प्रकाशित मिति : २०७९ माघ २२, आईतवार १९:४६