मीनभवन क्याम्पसमा शेखर गगन पक्षको बिद्यार्थी भेलामा संस्थापन पक्षको आक्रमण, ठूलो संख्यामा प्रहरी परिचालन


काठमाडौं, नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा झडप भएको छ ।

सोमबार दिउँसो संस्थापन र इतर पक्षका दुईबीच ढुङ्गा हानाहान भएपछि त्यस ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार स्थितिलाई नियन्त्रणमा लिन अन्य विभिन्न इकाइबाट पनि प्रहरी टोली खटाइएको छ ।’

शेखर(गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा राखेको भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर/पक्षका एक विद्यार्थी नेताले बताए ।


प्रकाशित मिति : २०७९ माघ २३, सोमबार १३:४६

धेरै पढिएको

ताजा समाचार