सुदूरपश्चिमका मुख्यमन्त्रीले बिश्वासको मत लिंदै, नागरिक सकारात्मक नबन्दा एक महिनामै सरकार ढल्ने सम्भावना


कैलाली, सुदूरपश्चिम प्रदेशमा एक महिनामै सरकार ढल्ने सम्भावना बढेको छ । विश्वासको मत लिने अन्तिम दिन आजसम्म पनि मुख्यमन्त्री राजेन्द्रसिँह रावलले बहुमत पुर्‍याउन सकेका छैनन् ।

सरकार जोगाउने कि ढाल्ने भनेर निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन आनाकानी गरिरहेको छ ।

यदि नागरिक उन्मुक्तिले विश्वासको मत नदिएमा सरकार ढल्नेछ र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुल्नेछ । रेशम चौधरीको रिहाईलाई बटमलाईन बनाएको छ ।

मूख्यमन्त्रीले विश्वासको मत नपाउने देखिएपछि हिजो बुधबारको प्रदेशसभा बैठक स्थगित भएको थियो ।

रावल मूख्यमन्त्रीमा नियुक्त भएको आज विहीबार ३० दिन हुँदैछ । रावल २९ जना प्रदेश सभा सदस्यको समर्थनमा गत २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मन्त्रिमण्डल विस्तार र नियुक्त मन्त्रीलाई जिम्मेवारी दिन नसक्दा मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीसँगै छ ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । माओवादीका सभामुखबाहेक १०, एमालेका १० र राप्रपाको एक गरी सत्तापक्षमा २१ मत छ ।

सात सिट रहेको नागरिक उन्मुक्तिले साथ दिए मात्र सत्ता पक्षको बहुमत पुग्छ ।

 


प्रकाशित मिति : २०७९ माघ २६, बिहीबार ०७:०१

धेरै पढिएको

ताजा समाचार