काठमाडौं, सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ। नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीति संयन्त्रको बैठक आज पहिलो पटक बस्न लागेको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे सुरु हुनेछ। आजको बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम सरकार विघटन र रास्वपालाई सरकारमा सहभागी गराउने विषयमा छलफल हुनेछ।
यसअघि बिहीबार दिउँसो बस्ने भनिएको संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो ।
भेटपछि प्रधानमन्त्री दाहालले शुक्रबार बिहानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएको बताएका थिए।