फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्तावको बिरोधमा राप्रपाका मन्त्रीले गरे आइतबारको मन्त्रिपरिषद बैठक बहिष्कार


काठमाडौ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले आइतबारको मन्त्रिपरिषद बैठक बहिष्कार गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा आएपछि उनीहरु मन्त्रिपरिषद बैठकमा अनुपस्थित भएका हुन् ।

राप्रपाका मन्त्रीहरू असन्तुष्टि जनाउँदै बैठकमा अनुपस्थित भए पनि मन्त्रिपरिषद् बैठकले जनयुद्धको अवसरमा फागुन १ गते भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राप्रपाबाट उपप्रधानमन्त्री तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्रीमा विक्रम पाण्डे, कानून न्याय तथा संसदीय मामिलामन्त्रीमा ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषद्मा छन् ।


प्रकाशित मिति : २०७९ फाल्गुन १, सोमबार ०९:०३

धेरै पढिएको

ताजा समाचार