बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प


काठमाडौं । बागलुङ केन्द्र विन्दु भएर बुधबार बिहान तीन वटा भूकम्प गएको छ ।

बागलुङका विभिन्न स्थान केन्द्रविन्दु भएर तीन वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बागलुङको अधिकारी चौर आसपास केन्द्र विन्दु भएर बिहान १ बजेर २३ मिनेट जाँदा ४ दशमलव ७ रेक्टर स्केलमो भूकम्प गएको हो । यस्तै, बिहान २ बजेर ७ मिनेट जाँदा बाग्लुङकै खुंगा आसपास केन्द्र विन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि बिहान ३ बजेर २८ मिनेट जाँदा अधिकारी चौर नै केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पको झड्का छिमेकी जिल्लाहरुका साथै भारतीय सीमासम्मै महसुस गरिएको थियो । यी दुवै भूकम्पबाट कुनै क्षति भएको खबर भने आएको छैन ।


प्रकाशित मिति : २०७९ पुष १३, बुधबार ०२:२५

धेरै पढिएको

ताजा समाचार