ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हरिकला भण्डारीको मृत्यु


काठमाडौं, ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मृत्यु भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिमा ताम्राकारले जानकारी दिइन् । उनी ८८ वर्षको थिइन ।

घाइते नेता डा. चन्द्र भण्डारीको थप उपचारका लागि भारतमा लग्ने तयारी भइरहेको छ । उनको २५ देखि ३० प्रतिशत शरीर जलेको थियो ।


प्रकाशित मिति : २०७९ फाल्गुन ४, बिहीबार १२:२४

धेरै पढिएको

ताजा समाचार