काठमाडौं, महाशिवरात्रि पर्व मनाउन भारतलगायत विभिन्न देशबाट नागा बाबाहरू पशुपतिनाथ मन्दिर परिसर आइपुगेका छन् ।
काठमाडौँ आइपुग्नेका बाबाहरूलाई अन्नपूर्ण भण्डारबाट पशुपति मन्दिरको प्रवेशद्वारा नम्बर १ बाट पशुपतिनाथको परिसरमा प्रदेश गरेका छन् ।
महाशिवरात्रिमा विशेषतः नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू पशुपति परिसर आउने गर्छन् ।
यस वर्षको महाशिवरात्रि भोलि (शनिबार) मनाइँदै छ । महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।
यसैगरी, आज (शुक्रबार)देखि आइतबारसम्म पशुपति शङ्कराचार्य पूजन महोत्सव कार्यक्रम राखिएको छ ।
स कार्यक्रममा सहभागी हुन पुरी मठका जगतगुरु शङ्कराचार्य सरस्वती निश्चलानन्द स्वामी पशुपति मन्दिर आइ सकेका छन् ।
पशुपति परिसरमा महाशिवरात्रिको अवसरमा यस प्रकारको यो पहिलो विशेष कार्यक्रम हो ।