शिवरात्रिका दिन अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ९१ जना पक्राउ


काठमाडौ, महाशिवरात्रिका दिन अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ९१ जना पक्राउ परेका छन् ।

महाशिवरात्रिका दिन पाकेट पार्ने र मोबाइल चोरेर भाग्ने लगायतका अवाञ्छित क्रियाकलाप गर्ने १ महिला र ९० पुरुषलाई पशुपति क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।

वरिष्ठ प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

पशुपतिनाथमा सुरक्षा चुस्त बनाउन ३४ सय प्रहरी खटाइएको उनले बताएका छन् ।


प्रकाशित मिति : २०७९ फाल्गुन ७, आईतवार ०७:३७

धेरै पढिएको

ताजा समाचार