राष्ट्रपतिको उम्मेदवार बन्न कांग्रेस सभापति देउवालाई महामन्त्री शर्माको प्रस्ताव


सुर्खेत, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न उनकै पार्टीका एक महामन्त्रीले प्रस्ताव गरेका छन् ।

आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै महामन्त्री विश्वप्रकाश शर्माले पार्टी यस्तो प्रस्ताव गरेका हुन् ।

कांग्रेसबाट राष्ट्रपतिमा पहिलो नम्बरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, दोस्रोमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्मा पनि रहेको उनले बताए ।

महामन्त्री शर्माले केही दिनअघि नेताहरुसँग भएको छलफलमा पनि सभापति देउवा स्वयंलाई राष्ट्रपतिको उम्मेदवार बन्न सुझाएका थिए ।

महामन्त्री शर्माले भने राष्ट्रपति भए देउवाको सम्मानजनक बहिर्गमन पनि हुने बताए ।


प्रकाशित मिति : २०७९ फाल्गुन ८, सोमबार ०८:०८

धेरै पढिएको

ताजा समाचार