कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने


काठमाडौं, नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

वैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्रलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।

पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् ।

८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेको थियो ।


प्रकाशित मिति : २०७९ फाल्गुन १३, शनिबार १०:०२

धेरै पढिएको

ताजा समाचार