थुनामुक्त भए अभिनेता पल शाह


काठमाडौ, उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् ।

नाबालिक बलात्कारको आरोप लागेपछि गत वर्ष १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी एक वर्षपछि थुनामुक्त भएका हुन् ।

शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार नै गएका थिए । उनीहरूले खादा र माला लगाएर पलको स्वागत गरेका छन् ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पलले सफाइ पाएका हुन् ।


प्रकाशित मिति : २०७९ फाल्गुन १५, सोमबार ११:५२

धेरै पढिएको

ताजा समाचार